× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्याब्सन चितवनको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा मदन पुरी सर्वसम्मत

    २ दिन पहिले

    पुष-२१, निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सन चितवनको ३४ औं वार्षिक साधारण सभा तथा १६ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे शनिबार सम्पन्न भएको छ ।प्याब्सन चितवनको सभाहलमा सम्पन्न भएको १६ औं अधिवेसनबाट सर्वसम्मत रुपमा स्काईराइडर स्कुलका प्राचार्य तथा सञ्चालक मदन पुरी अध्यक्षमा चयन भएको छ ।

    प्याब्सन चितवनको वरिष्ठ उपाध्यक्षमा टेकराज अधिकार मतदान प्रक्रियाबाट निर्वाचित हुनुबाहेक बाँकी सबै पदमा सर्वसम्मत रुपमा चयन भएको हो। उपाध्यक्षमा कृष्ण प्रसाद भट्ट र शारदा ढकाल, सचिवमा दयानिधि अर्याल, सहसचिवमा पशुपति उपाध्याय , कोषाध्यक्षमा नवराज पौडेल, सह-कोषाध्यक्षमा जीवन महतो तथा सदस्यहरूमा मुक्तिनाथ अधिकारी, विष्णुबहादुर बस्नेत क्षेत्री लगायत सर्वसम्मत चयन भएका छन्।

    प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि डिके ढुङ्गानाले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष ढुङ्गानाले प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरेका थिए । त्यसैगरी निजी विद्यालयहरू समयअनुसार परिवर्तन हुँदै जानुपर्ने पनि बताए। निजी विद्यालयहरूले अब समयअनुसार डिजीलाइजेसनमा जानुपर्ने तथा कक्षा कोठाभित्रबाट नै परिवर्तन गर्नुपर्ने बताए।

    प्याब्सन चितवनका निवर्तमान अध्यक्ष कृतिनिधि अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथिको रूपमा भरतपुर उपमहानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, प्याब्सन केन्द्रीय महासचिव आर वि कटुवाल, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ लगायत रहेका थिए।

    मदन पुरीद्वारा सञ्चालित कार्यक्रममा सीता रिजालको स्वागत मन्तव्य तथा विभिन्न वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा प्याब्सन चितवनद्वारा विभिन्न समयमा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा विजयी छात्रछात्राहरूलाई नगद, ट्रफि प्रमाण पत्र सहित पुरस्कार वितरण गरेका थिए।