१ दिन पहिले
पुस-२३, काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।धक्का महसुस भएपछि काठमाडौं लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए।
प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो । ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ ।