× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न : सर्वशान्ति मावि प्रथम

    ३ घण्टा पहिले

    पुस-२७, इच्छाकामना गाउँपालिकाको आयोजनामा सर्वशान्ति मावि तथा प्रगति पाठशाला कुरिनटारको खेल मैदानमा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगिताको समापन गर्दै अध्यक्ष दानबहादुर गुरुङले विद्यार्थीहरुका लागि खेलकुद ब्यक्तित्व विकासका माध्यम भएकोले खेलको माध्यमबाट प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए ।

    पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सर्वशान्ति मावि कुरिनटार, दोस्रो प्रगति पाठशाला र तेस्रो स्थान हासिल गर्न सफल त्रिवेणी बराह मावि मुग्लिन एवं विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीहरुलाई पालिका अध्यक्ष दानबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, शिक्षा अधिकृत पुष्कर राज बिष्ट, ४ नं का वडाध्यक्ष रुद्र उप्रेती , प्रतियोगिताको सदस्य सचिव जोहन खरेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका संस्थागत र सामुदायिक गरी ११ वटा विद्यालयका खेलाडीहरु सहभागी भएका थिए ।प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड,सटपुट लगायत खेलहरु खेलाइएका थिए ।

    न्युन प्रकाशका कारण भलिबल तर्फ पुरुषको फाइनल खेल भने आज प्रगति पाठशाला को खेल मैदानमा ठिक १०:००बजे सर्व शान्ति मावि कुरिनटार र त्रिवेणी बराह मावि मुग्लिङका बीच खेलाइने भलिबलका खेल संयोजक युवराज लामाले बताए।

    भलिबल तर्फको पदकले पदक तालिकामा हेरफेर नहुने भएपछि खेल समापन एवं पुरस्कार वितरण गरिएको समापन समारोहका उद्घोषक शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए।