× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी बाल क्लबद्वारा आयोजित फुड फेस्टिवल कार्यक्रम सम्पन्न

    ११ घण्टा पहिले

    माघ-११, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा आयोजित फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ।

    मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा अध्ययनरत् विधार्थीहरुको मर्स्याङ्दी बाल क्लबद्वारा आयोजित फुड फेस्टिवल इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

    प्रमुख अतिथि दानबहादुर गुरुङले रिवन काटेर उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडा अध्यक्ष रुद्र उप्रेती, वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचन रहेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि दानबहादुर गुरुङले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै भविष्यमा उद्यमी हुने खालका सीप पनि सिकाउन जोड दिनुपर्ने बताउनुभयो।

    त्यसैगरी विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई जीवन कौशलहरू जस्तै टीमवर्क, नेतृत्व, जवाफदेहिता, धैर्यता र आत्म-विश्वास सिकाउनुका साथै उनीहरूलाई जीवन चुनौतीहरूको सामना गर्न तयार गर्ने बताए।

    बाल क्लबद्वारा आयोजित फुड फेस्टिवलमा विद्यार्थीहरूले आफैले तयार गरेका विभिन्न परिकारहरु बिक्रीमा राख्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि खेलाएका थिए।

    फुड फेस्टिवलमा सहभागी भएका प्रमुख अतिथि विशिष्ट अतिथि,अतिथि तथा अभिभावकहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्नको लागि विद्यार्थीहरूले तयार गरेका परिकार खानुका साथै खेलमा पनि सक्रिय सहभागिता जनाएका थिए।

    मर्स्याङ्दी बाल क्लबकी उपाध्यक्ष दिपिका गुरुङको अध्यक्षता, विद्यालयका क्याप्टेन सेफिना श्रेष्ठको स्वागत मन्तव्य तथा भाइस क्याप्टेन कृष्ण खनालले सञ्चालन गरेको कार्यक्रममा विधालयका संचालक समितिका अध्यक्ष किशोर गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, अभिभावक शिक्षक संघका अध्यक्ष मिनबहादुर श्रेष्ठ, सञ्चालक समिति सदस्य गणेश श्रेष्ठ, बिधालयका शिक्षा प्रमुख कुमार श्रेष्ठ एवं प्रधानाध्यापक दिपक श्रेष्ठ लगायतका अतिथि रहेका थिए।