५ घण्टा पहिले
माघ-१८, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँका साथै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको जनाएको छ ।
निगमका अनुसार पेट्रोलको नयाँ मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६५ रुपैयाँ पर्छ भने सुर्खेत, दाङ क्षेत्रमा १६४ र अरु क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १५६ रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार सुर्खेत र दाङ क्षेत्रमा १५५ रुपैयाँ र अरु क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।