× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पोखरा भ्रमण वर्ष ‌ उद्घाटनका क्रममा बेलुन पड्किएर अर्थमन्त्री पाैडेल र पोखराका मेयर आचार्य घाइते

    ५ दिन पहिले

    फागुन-३, पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

    पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खाेज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

    अर्थमन्त्री पाैडेलले एआई जडित पानसमा बत्ति बालेर पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएकाे हाे । ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे । साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

    मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरुकाे गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । अर्थमन्त्री पाैडेल आजै काठमाडौं आउने कार्यक्रम रहेकाे उनकाे सचिवालयले जनाएकाे छ।