५ दिन पहिले
मुग्लिन-तमू छोंज धीं इच्छाकामना मुग्लिन इकाइ समितिको अध्यक्षमा किशोर गुरूङ चयन भएका छन् । आईतबार मुग्लिनमा सम्पन्न भेलाबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् ।
निवर्तमान अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न इकाई समितिको उपाध्यक्षमा धनकुमारी गुरूङ, सचिवमा टंकबहादुर गुरूङ, कोषाध्यक्षमा धनबहादुर गुरूङ र सहसचिवमा पुर्णबहादुर गुरुङ चयन भएका छन् ।
यस्तै सदस्यहरूमा देवी गुरूङ, निर्मला गुरूङ, मिन गुरूङ, कुमार गुरूङ, दिपक गुरूङ, पुर्ण गुरूङ, तपबिर गुरूङ र ताराबहादुर गुरूङ चयन भएका छन् ।
तमू छोंज धींको भवन निर्माण नै आफ्नो पहिलो प्राथमिकता भएको नवनियुक्त अध्यक्ष गुरुङले बताए।