× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राजावादीले घरमा आगो लगाउँदा पत्रकारको जलेर मृत्यु

    ३ दिन पहिले

    चैत-१५, राजावादीले तीनकुने क्षेत्रको एक घरमा लगाएको आगलागीमा परी पत्रकारको मृत्यु भएको छ ।

    एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो । घटनास्थलमा रहेका एक एभिन्यूजकर्मीले यसको पुष्टि गरे । उनले भने, ” भवनमा हाम्रो साथी फसेको जानकारी गराउँदा पनि प्रहरीले बेवास्ता गर्‍यो । प्रहरीको लापरबाहीको कारण घटना घटेको हो ।”

    उक्त घरमा लगाइएको आगो निभाएपछि रजकको शव जलेको अवस्थामा भेटिएको हो ।

    प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो ।

    त्नयसैगरी तीनकुनेमा राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    कीर्तिपुर नगरपालिका-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।