× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका प्रसाईँ भूमिगत, पक्राउ गर्न प्रहरी परिचालन

    ३ दिन पहिले

    चैत-१६, शुक्रबार भएको आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।

    सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।

    सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

    उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई भने पक्राउ गरेको छ । यद्यपि उनीहरु ती घटनामा संलग्न नरहेको दाबी छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको बताए । उनले शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको बताएका छन् ।