× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.५३ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

    २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ९१ हजार १ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.५३ रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हाल सम्म नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ९५ जना रहेको छ ।