× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    ४ वर्ष पहिले

    पर्वत, माघ-२८, आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ