× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६१ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-२९ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ ।

    २४ घण्टामा ३ हजार २३ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ७ हजार ६ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ८७ जना रहेको छ।