× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६४ प्रतिशत

    ४ वर्ष पहिले

    फागुण-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

    २४ घण्टामा १हजार ९ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख १३ हजार ५ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्ममा नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ८१ जना रहेको छ।