४ वर्ष पहिले
फागुन-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
२४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख २७ हजार ७ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ३० रहेको छ ।
पछिल्लो २४ घण्टामा ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।
हाल क्वारेन्टिनमा ७२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६१ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भईरहेको छ ।