४ वर्ष पहिले
फागुन-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ ।
२४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ३१ हजार ३ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय ५१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।
हाल क्वारेन्टिनमा ७१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६१ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भईरहेको छ ।