× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन युवा मञ्चद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    ४ वर्ष पहिले

    ९ फाल्गुण, मुग्लिन । “रक्तदान नै जीवनदान हो” भन्ने मुल नाराका साथ मुग्लिन युवा मञ्चको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर र मानवको लागि मानव ठिमुरा चितवनसंगको समन्वयमा मञ्चले मेगा बैङ्क मुग्लिनको प्रारङ्गढमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रगत अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न थोरै भएपनि सहयोग पुग्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको मुग्लिन युवा मञ्चका अध्यक्ष विकास बस्नेतले बताउनुभयो । मञ्चका उपाध्यक्षबाट किरण कुँबरबाट सुरुवात गरेको रक्तदान कार्यक्रममा विभिन्न पेशा व्यवसायमा लागेका ३० जनाले रक्त दान गरेको अध्यक्ष बस्नेतले बताए ।


    विगतका दिनहरुमा रेडक्रसबाट मात्र यस्ता अभियान सञ्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संस्थाहरुको समेत सहभागीतामा रक्तदान कार्यक्रमहरुको आयोजना गरिदिदा ब्लड बैङ्कमा रगत अभावको परिस्थिति कम हुने गरेको नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा भक्तपुरका प्रतिनिधी रमेश उपाध्यायले बताउनुभयो । त्यस्तै उहाँले रक्तदान कार्यमा सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने विभिन्न स्थानीय संघसस्था एवम् व्यक्ति हरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोगको एवम् सहकार्यको लागि अपिल समेत ा गरेका थिए ।


    मुग्लिन युवा मञ्चले स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र बाकी दिनहरुमा पनि विभिन्न सामाजिक जनचेतना कार्यक्रमरुको आयोजना गरिने मञ्चका उपाध्यक्ष किरण कुँवरले बताउनुभयो । मञ्चले बजार सरसफाई, असाह्य, गरिवको दुःखीहरुको उद्धार, आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुको लागि आर्थिक संलकलन आदि कार्यहरु गर्दै आएका छन् ।