× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो,पाँचदिने शोक घोषणा

    ४ वर्ष पहिले

    फागुन-११, अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारी कार्यालयमा पाँच दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

    ह्वाइट हाउसमा आफ्नो भाषणको सुरुवातमा उनले भने, ‘पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्ध गरी अमेरिकीको त्यति धेरै मृत्यु भएको छैन जति कोभिडका कारण भएको छ ।’

    राष्ट्रपति बाइडेनले सम्बोधनमा ५००,०७१ मृत्युको दुःखी र हृदयविदारक माइलस्टोनमा पुगेको बताएका थिए ।उनले अगाडी भनेका छन् ‘ जसलाई हामीले गुमाएका थियौं उनीहरुमध्ये कोही पनि आम होइनन् । उनीहरु असाधारण थिए । उनीहरुमध्ये कोही अमेरिकामा जन्मिएका थिए वा आफ्नो देश छोडेर अमेरिका आएका थिए ।’

    उक्त कार्यक्रममा मृतकहरुलाई श्रद्धाञ्जली दिइनुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिले केही बेर मौन धारण गरेका थिए ।

    अमेरिकामा हाल सम्म २ करोड ८८ लाख कोरोनाबाट संक्रमित भइसकेका छन् ।