× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त पक्राउ

    ४ वर्ष पहिले

    फागुन-११, काठमाडौँ । मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौं चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय राम कुमार चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    महिलालाई फकाई प्रलोभनमा पारी श्रीलंका पुर्‍याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    आफ्नै छिमेकी चन्द्र प्रकाश राईले विदेशमा मानिस पठाउने र आकर्षक तलव हुने भन्दै चौधरीलाई फोन सम्पर्क गराइ १२ जना महिलाहरु दुवई जान तयार भएपछि उनीहरूले पीडितहरुलाई धुलाबारीबाट भारतको सिलगुढीस्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखेर श्रीलंका पुर्‍याएका थिए ।

    श्रीलंकामा उनीहरुलाई अलिआक्स भन्ने मानिसलाई भेट गराई उनको अपार्टमेन्टमा लगेको र २ महिना बन्धक बनाएपछि पीडितहरुले आफूलाई नेपाल फर्काउ अन्यथा प्रहरीलाई खवर गर्छौ भनेपछी श्रीलंकामा रहेका अलिआक्सले राहदानी दिएका थिए ।

    पीडितहरु नेपाल आई २०७३ साउन २३ गते जाहेरी दिएकोमा संलग्नमध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेको र सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेका छन् ।

    चौधरी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ ।