× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ११२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ५३ हजार ६ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या १ रहेको छ भने कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ८३ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ सय ८२ जना छन् भने क्वारेन्टिनमा ६६ जना रहेकाे छ ।