× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    बोर्गर र सुडले कतारमा हुने बिच भलिबल प्रतियोगिता बहिष्कार गर्ने घोषणा

    ४ वर्ष पहिले

    जर्मन बिच भलिबल स्टार खेलाडी कार्ला बोर्गर र जुलिया सुडले कतारमा अर्को महिना हुने प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेका छन् ।

    यो टुर्नामेन्टमा महिला भलिबल खेलाडीलाई ‘बिकनी’ लगाउन नदिने भए पछि उनीहरुले प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरेका हुन् । प्रतियोगितामा महिला खेलाडीलाई सर्ट र ‘लङ ट्राउजर’ लगाउन भनिएको छ ।

    कार्ला र जुलियाले प्रतियोगिता बहिष्कार गर्ने जनाउँदै कतार मात्रै यस्तो देश हो जसले खेलाडीलाई कोर्टमा पनि बिकनी लगाउन प्रतिबन्ध लगाउने गरेको दावी गरे ।

    Deutschland funk रेडियोसँग कुरा गर्दै खेलका लागि आवश्यक ड्रेस लगाउन रोक्नु गलत भएको टिप्पणी गरेका छन् । कतारमा यो प्रतियोगिता मार्चमा हुँदै छ । कोर्टमा खेलाडीले लगाउने कपडाको विषया कडा नियम बनाएको छ । यही कारण विश्व च्याम्पियनसिपमा रजत पकद विजेता बार्गर र उनी पार्टनर सुडले यो इभेन्टमा भाग नलिने निर्णय गरेका हुन् ।

    उता, फेडरेशन अफ इन्टरनेश्नल भलिबलले कतारको नियमलाई आयोजक देशको संस्कृति र परम्पराको सम्मान गर्नु पर्ने प्रतिक्रिया दिएका थिए । उता, जर्मन भलिबल फेडरेशनले भने खेलाडीले गरेको निर्णयको समर्थन गरेको छ ।

    कतार एक इस्लामिक देश हो । जहाँ महिलाहरु निकै नै परम्परागत कपडाहरु लगाउँछन् । कतारले पहिलो पटक दोहामा महिलाको विश्व स्तरको प्रतियोगिता गर्न लागेकाले कपडाको विषय अहिले पेचिलो बनेको छ ।