× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    ४ वर्ष पहिले

    काठमाडौं, फागुन -१४, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमश: २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झम्सीखेल लतितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरु दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो ।

    सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।