× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज २३ औं स्वास्थ्य सेवा दिवस

    ४ वर्ष पहिले

    फागुन-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ। ‘स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

    मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धित कार्यक्रम गर्न भनेको छ।मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गरेको छ।

    टेकुस्थित विभागबाट बिहान ७:४५ बजे सुरु भएको प्रभावतफेरि त्रिपुरेश्वर थापाथलीहुँदै रामशाहपथमा समापन भएको हो ।

    प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई हिजो नै एक सूचना निकाली अनुरोध गरेको थियो।