× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा भूमिहीनलाई जग्गाधनी पूर्जा दिन प्रक्रिया सुरु

    ४ वर्ष पहिले

    फागुन-१६, चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो ।

    चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ ।

    चितवनको एकमात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।

    भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।महानगरपालिकामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी रहेको महानगरपालिकाले जनाएको छ ।।

    यस्तै रत्ननगर नगरपालिकामा ६ महिनाभित्रै भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम सुरु भएको भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पङ्गेनीले बताए । उनले वडावाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारको संख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।

    यसैगरी चितवनका माडी, कालिका र खैरहनी नगरपालिकामा पनि भूमिहीनको तथ्यांक संकलन गरी जग्गाधनी पूर्जाको प्रक्रिया अगाडि बढाइएको छ ।