× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ ।

    २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ६२ हजार ९ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ सय ६२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय १७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३२ जना र भेन्टिलेटरमा ८ जनाको उपचार भईरहेको छ ।