× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भ्रष्टाचारको अभियोगमा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल

    ४ वर्ष पहिले

    फागुन-१८, फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सार्कोजीसँगै उनका दुई सहयोगीलाई पनि सो सजाय तोकिएको हो ।

    ६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको आरोपमा अदालयले सजाय सुनाएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

    यस मुद्दामा सार्कोजीका दुई पूर्व वकिललाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ ।

    अदालतले पूर्वराष्ट्रपति सार्कोजीले घरमै सजाय काट्न सक्ने छुट दिएको छ । उनलाई इलेक्ट्रोनिक ट्यागबाट मनिटर गर्नेगरि घरमै सजाय काट्न अनुमति दिइएको छ ।

    सार्कोजी २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए । सार्कोजीले अर्को मुद्दामा अपनी कानुनी लडाई लडिरहेका छन् ।