× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कान्तिपुर पत्रिकामा छापिएको खबर प्रति तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ किसानको असहमति

    ४ वर्ष पहिले

    फागुन-१८, मंगलबारको कान्तीपुर दैनिकमा प्रकाशित ‘तानातानमा सांसद’ शिर्षकको समाचारमा नाम जोडेर उल्लेख गरिएको समाचार प्रति तनहुँका सांसद माननीय कृष्णकुमार श्रेष्ठ किसानले असहमत जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

    प्रेस विज्ञप्तिमा भनिएको छ “सम्मानीय प्रधानमन्त्री तथा श्रद्देय पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का श्रद्देय अध्यक्ष पुप्षकमल दाहाल प्रचण्डज्यु सहितका बरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा भएको र समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समुहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै बिश्वसनियता नभएको जनाएको छ”।

    “व्यक्तिगत रुपमा कुनै प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति गम्भीर असहमति रहेको जनाउदै उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाएका छन्” ।