× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकार र विप्लव बीचको वार्ता सफल

    ४ वर्ष पहिले

    फागुन-२०, सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वकाे नेकपाबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएकाे वार्तामा तीन बुँदे सहमति भएकाे हाे ।

    वार्तापछि विप्लव समूहले आफ्नाे सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिकाे प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीकाे रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएकाे हाे ।

    सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संयुक्तरुपमा हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

    प्रेस विज्ञप्तिमा भनिएको छ, “फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहकाबीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नु हुनेछ ।”