× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    ४ वर्ष पहिले

    फागुन-२३, महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान (खुल्ला तथा समाबेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

    त्यसैगरी डोटीका विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।