४ वर्ष पहिले
चैत्र-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।
२४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ३६ हजार ५ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय ६९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७ सय ९०८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
हाल क्वारेन्टिनमा ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३१ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ ।