× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १८८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।

    २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ४५ हजार ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ जना छन् भने क्वारेन्टिनमा ४८ जना रहेको छ ।