× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.४ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-१६, स्वास्थ्य तथा जनसंख्याको अनुसार पछिल्लो २४ घण्टामा १सय ४१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ६४ हजार २ सय ६८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या ३ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ४१ जना छन् भने क्वारेन्टिनमा ५९ जना छन् ।