× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि

    ३ वर्ष पहिले

    चैत्र-१६, नेपालले त्रिदेशीय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

    नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले १८ औं मिनेटमा सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो भने खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

    खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।

    प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।

    त्यसैगरी रोहित चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट घोषित भएसँगै उनले ५०० डलर नगद पनि प्राप्त गरेका छन्