४ वर्ष पहिले
चैत्र-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ ।
२४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ७९ हजार १ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ जना छन् भने क्वारेन्टिनमा ६१ जना छन् ।