४ वर्ष पहिले
चैत्र-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।
२४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ८५ हजार २ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ४ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।
हाल क्वारेन्टिनमा ५७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४७ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ ।