× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६०३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.५ प्रतिशत

    ३ वर्ष पहिले

    २०७८,बैशाख-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८१ हजार ५ सय ८७ पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय २५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख २५ हजार ९ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ५८० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ५ सय ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ५७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७।५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८० जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।