× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.४ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४;पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख २९ हजार ५ सय ४७ जनाको पिसिआर भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा ५ सय ६४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४९० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ८ सय ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ९० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९१ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भईरहेको छ ।