× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ, चितवन लगायत १४ जिल्ला कोरोना अति प्रभावित जिल्ला

    ३ वर्ष पहिले

    बैशाख-२, कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले ८ बुँदे अत्यन्त जरुरी अपिल जारी काठमाडौँ, चितवन लगायत १४ वटा जिल्लालाई कोरोना अति प्रभावित जिल्लाको रुपमा सूचीकृत गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेक छन् ।

    यि कोरोना अति प्रभावित जिल्लाको भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्रि व्यवसायहरू, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, शपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरूमा सहभागी नभइदिन हुन आग्रह गरिएको छ ।

    मन्त्रालयद्वारा जारी अपिलमा कोरोना प्रभावित हुनेको संख्या र उमेरमा फरकपना देखिएको तथा बालबालिका र युवाहरूमा संक्रमण तथा मृत्युको बढ्दो गति देखिएको उल्लेख छ ।

    संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड कडाइका पालना गर्न अपिल गरिएको छ ।