× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९०० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.१ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ३७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ३५ हजार ८४ जनाको पिसिआर भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ सय ३६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ५ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय जना र भेन्टिलेटरमा ३८ जनाको उपचार भईरहेको छ ।