× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.५ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ८४ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ४० हजार ४ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८१ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ सय ६८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ४५ रहेको छ ।होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय ६६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ७९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १६ जना र भेन्टिलेटरमा ४६ जनाको उपचार भईरहेको छ ।