× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जेष्ठ नागरिकलाई मुग्लिन हाइवे हस्पिटलको निशुल्क स्वास्थ्य सेवा

    ३ वर्ष पहिले

    बैशाख १३, मुग्लिन ।
    मुग्लिन हाइवे हस्पिटलले जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । “हामी सबैको आब्हान जेष्ठ नागरिकको सम्मान” भन्ने मूलनारा सहित ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई हस्पिटलले निशुल्क स्वास्थ्य सेवा दिन लागेको मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो । हाललाई हरेक हप्ताको मंगलबार र शुक्रबार दिउसो १ बजे देखि ५ बजे सम्म मात्र निशुल्क गरिएको र अन्य बारमा स्वास्थ्य सेवा लिने विरामीहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने अध्यक्ष लामाले बताउनु भयो ।


    नेपालकै सर्वाधिक व्यस्त पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ राजमार्गमा हुने सडक दुर्घटनाका घाईतेहरुको उपचारको लागि केन्द्रित गरी विगत दूइ वर्ष अघि देखि संचालनमा आएको यस हस्पिटलले २४ सै घण्टा इर्मजेन्सी सेवा, एक्सरे सेवा, अल्ट्रा साउण्ड सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा तथा एम.वि.वि.एस. मेडिकल अफिसर सहित ११ जना स्वास्थ्यकर्मीहरुको व्यवस्था गरी स्वास्थ्य सम्बन्धि सेवा दिदै आएको छ । हस्पिटलले टिचिङ हस्पिटलसंगको सहकार्यमा क्वूवी (रोवर्ट) को प्रयोगबाट टेलिमेडिसिन सेवा र हालै मात्र होलबडी चेकअपको सेवा समेत दिदै आएको छ ।