× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४९२८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८८.२ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ५ सय ९७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २४ लाख ५८ हजार ५ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ८ सय ३१ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय १ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ८८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३७ जना र भेन्टिलेटरमा १सय ७ जनाको उपचार भईरहेको छ ।