× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा ५९ जना कोरोना संक्रमित थपिए

    ३ वर्ष पहिले

    बैशाख-१५, चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ५९ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

    भरतपुर अस्पतालमा बैशाख १४ गते १५७ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

    कोरोनाको दोस्रो लहर सुरु भएसँगै चितवनमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ ।

    नयाँ संक्रमितमध्ये ४२ जना भरतपुर महानगरपालिकाका , रत्ननगरका ३, खैरहनीका २, राप्ती र कालिकाका १/१ जना रहेका छन् भने गैंडाकोटका ४, देवघाटका १, गोरखाका १, प्यूठानका १, कलैयाका १, मंडी हरियाणाका १ र मकवानपुरका १ रहेका छन् ।

    ७.५ महिनाको बालक देखि ७६ बर्षको उमेर समूहका सङ्क्रमितहरू मध्ये ३० जना पुरुष र २९ जना महिलालाई रहेको भरतपुर अस्पतालले जनाएको छ ।