× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ हिँडेका सयौ यात्रु सहितको यात्रुबाहक बस तथा ट्याक्सी मुग्लीनमा रोकियो

    ३ वर्ष पहिले

    बैशाख-१६, काठमाडौँ उपत्यका लगडाउनका कारण अन्य जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै काठमाडौ उपत्यका छिर्ने सयौंको संख्यामा रहेको यात्रुबाहक बस, जिप तथा ट्याक्सी मुग्लिनमा रोकिएको छ ।

    काठमाडौँ जाने यात्रुबाहक बस, ट्याक्सी तथा जीप रोकिए पनि मालवाहक साधनहरु तथा धादिङ तर्फ जाने यात्रुबाहक बसहरु लाई भने निर्वाध रुपमा चल्न दिएको छ ।

    काठमाडौँ उपत्यकामा तीव्ररुपमा कोरोना संक्रमण फैलिएपछि सरकारले आजको दिन बाटै काठमाडौँ उपत्यकामा २ हप्ताको लागि लगडाउन गरेको थियो । लगडाउन संगै लाखौंका संख्यामा काठमाडौँ उपत्यकाबाट घर फर्किनेको लस्कर भएपनि सयौंको संख्यामा उपत्यका छिर्ने यात्रुहरु भने मुग्लिनमा अलपत्र परेका हुन् ।

    देशकै अति कोरोना संक्रमित क्षेत्रहरु जस्तै बाँके, वर्दिया, धनगढीबाट आएका सयौं यात्रीहरु मुग्लिनमा अलपत्र पर्दा मुग्लिनबासीमा संक्रमणको जोखिम बढेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

    स्मरणिय यो पनि छ कि आजको राती १२ बजेबाट यस चितवन जिल्लामा पनि निषेधाज्ञा जारीे भइसकेको छ ।