× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    दिपक मनाङे बने गण्डकी प्रदेशको खेलकुद मन्त्री

    ३ वर्ष पहिले

    बैशाख-१६, दिपक मनाङे ( राजीव पहारी ) गण्डकी प्रदेश सरकारको मन्त्रीको रूपमा नियुक्त भएका छन्।

    नयाँ विस्तारित गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डलमा दीपक मनाङे(राजीव गुरुङ)ले युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई आजै मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

    मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।