× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५७६३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८५.९ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ ।

    २४ घण्टामा १४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार ७ सय ६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार १ सय ३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४० हजार १ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ सय १० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार २ सय ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय १ जना र भेन्टिलेटरमा १सय १० जनाको उपचार भईरहेको छ ।