× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९०७० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७९.४ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- २३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख ७८ हजार ४ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ७५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ९ सय७० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६७ हजार २ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ३ सय १५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय १४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ५२ जना र भेन्टिलेटरमा २ सय १ जनाको उपचार भईरहेको छ ।