× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोल्डेन भ्वाइस् का उपाधि पाएका गायक एवं बरिष्ठ संगीतकार प्रेमध्वज प्रधानको निधन

    ३ वर्ष पहिले

    बैशाख-२३, गोल्डेन भ्वाइस् को उपाधि पाएका गायक एवं बरिष्ठ संगीतकार प्रेमध्वज प्रधान यस धर्तीबाट सदाका लागि बिदा भएका छन्। सास फेर्न गाह्रो हुने र छातीमा समस्या देखिएपछि बिहीबार बिहान अस्पताल पुर्‍याइएका प्रधानको दिउँसो करिब पौने २ बजेको समयमा बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । अस्पताल लगेर कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।

    विसं। १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज र आमा प्राणदेवीको कोखबाट जन्मिएका प्रेमध्वज सानैदेखि सांगीतिक माहोलमा हुर्किएका थिए। सदाबहार गायकको छवी बनाउन सफल प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’लगायतका दर्जनौ गीत चर्चाको शिखरमा रहे, जुन अहिले पनि उत्तिकै लोकप्रिय छन्।