× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    चामल बोकेको ट्रक दुर्घटना

    ३ वर्ष पहिले

    बैशाख २४, तनहुँ ।


    भैरहवाबाट पोखरा तर्फ जादै गरेको मालबाहक ट्रक तनहुँमा दुर्घटना भएको छ ।

    लु २ ख ४३७ नम्बरको मालबाहक ट्रक तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ साखर खोला नजिकै दुर्घटना भएको छ ।

    ट्रक सडक देखि झण्डै १०० मिटल तल मस्र्याङ्दी नदी किनारमा खसेको र मानविय क्षति भने नभएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

    ट्रकले विद्युतको पोलमा ठक्कर दिएको हुँदा मुग्लिन र आसपासका क्षेत्रमा विद्युत र इन्टरनेट सेवा समेत अबरुद्ध बन्न पुगेको छ ।