४ वर्ष पहिले
बैशाख-२९, कोभिड १९ का कारण नेकपा (एमाले)का नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईँको निधन भएको छ ।
उनको कोरोना संक्रमणको उपचार गराईरहेको अवस्थामा मंगलबार राति मनमोहन अस्पतालमा निधन भएको हो ।चौलागाईँ दोलखा प्रदेश सभा (ख) बाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् ।
उनको निधनमा नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु र एमाले नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।