× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.६ प्रतिशत

    ४ वर्ष पहिले

    बैशाख-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९ सय६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ ।

    २४ घण्टामा १९ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २७ लाख १२ हजार ५ सय ६२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १८ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ८ सय ४२ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९६ हजार ३ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ८ सय २८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ९७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय ८१ जना र भेन्टिलेटरमा ३ सय ८० जनाको उपचार भईरहेको छ ।